Listen Live

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

सागर पण्डित बुधवार, चैत २१, २०७४  

काठमाडौं : मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी ओलीको चैत २३ देखि २५ सम्म हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा चैत २३ गते भारत जाँदैछन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, डा.राजन भट्टराई, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य परराष्ट्र सचिव, वाणिज्य सचिव, जलस्रोत सचिवलगायत बढीमा २५ जना रहने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयले बनाएको भीआईपीको विदेश भ्रमणसम्बन्धी निर्देशिकामा नै बढीमा २५ जनासम्म मात्र राख्न सकिने प्रावधान भएकाले सोही सीमाभित्र रहेर भ्रमण टोली बनाइने भएको छ। प्रधानमन्त्रीस“गै उद्योगी व्यवसायीको छुट्टै टोली सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री ओलीले सोहीअनुसार आफ्नो भ्रमण टोलीमा सहभागी हुनेको सूची थपघट गरिरहेको बताइएको छ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई एसियाली विकास बैंकले दिने भनिएको १० अर्ब रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ। मिलिनियम च्यालेञ्जका लागि अमेरिकाद्वारा ५ वर्षमा दिने भनिएको ५० अर्ब सहयोग रकमसमेत स्वीकृत गर्ने निर्णय गरेको छ।

अनावश्यक विदेश भ्रमण रोक्का

मन्त्रिपरिषद् बैठकले राष्ट्रसेवक, न्यायाधीशलगायत सबै कर्मचारीले अध्ययन अवलोकनका नाममा गर्ने सबै प्रकारका भ्रमणमा रोक लगाउने निर्णय गरेको छ। दुई वा दुई देशबीचमा हुने महत्वपूर्ण समझदारीमा हस्ताक्षर गर्नु पर्ने बाहेक अन्य सबै कार्यक्रममा विदेश जान रोक लगाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

सचिवको दरबन्दी कटौती

बैठकले एकै मन्त्रालयमा रहेका एकभन्दा धेरै सचिवको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयबाहेक अन्य सबै मन्त्रालयमा एक÷एक जना सचिव राख्ने निर्णय गरिएको हो। सरकारले यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ मन्त्रालय गाभ्दै २१ बनाएपछि एकै मन्त्रालयमा ३ जनासम्म सचिव राखेको थियो। अब अर्थबाहेक अन्य कुनै पनि मन्त्रालयमा २ जना सचिव नराख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

हाल मन्त्रालयमा रहेका २ वा ३ जना सचिवलाई सोही मन्त्रालयमा नै रहिरहने छन्। उनीहरू सेवानिवृत्त भएस“गै सो पद खारेज हुने र मन्त्रालयमा एक जनामात्र सचिव रहने निर्णय मन्त्रिपरिषद्ले गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए। हाल उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि मन्त्रालय, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, जलस्रोत, ऊर्जा तथा सिँचाइलगायत मन्त्रालयमा २ देखि ३ जनासम्म सचिव छन्।

सहसचिवको सरुवा

बैठकले विभिन्न मन्त्रालय र निकायका केही सहसचिवको सरुवा गरेको छ। सामान्य प्रशासन मन्त्रालयका सहसचिव बलराम रिज्याल र क्षेत्रीय प्रशासन कार्यालयका बाबुराम गौतमलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ। कम्पनी रजिष्ट्रार कार्यालय प्रमुख सहसचिव गिताकुमार हुमागाईलाई राष्ट्रिय सूचना आयोगमा सरुवा गरि सूचना आयोगका भुवनहरि अर्याललाई कम्पनी रजिष्ट्रार कार्यालयमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बैठकले राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी प्रतिस्थापन विधेयक संसद्मा टेबल गर्ने निर्णय गरेको छ। भुक्तानी तथा फस्र्यौट विधेयकको सैद्धान्तिक अवधारणा पनि बैठकले स्वीकृत गरेको छ भने विधेयक सहजीकरण समितिको सदस्यमा पूर्वकानुन सचिव कमलशाली घिमिरेलाई नियुक्त गरेको छ। बैठकले हाल विभिन्न परीक्षा भइरहेकाले असार मसान्तसम्म अन्तरिम व्यवस्थास्वरूप जिल्ला शिक्षा कार्यालय रहने निर्णय गरेको छ

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP