Listen Live

न्यायिक समितिले मुद्धा सम्बोधन गर्न थाल्यो ।

हरिकृष्ण महत,जुम्ला जेष्ठ ३ । चन्दननाथ नगरपालिकामा आएका मुद्धाहरुको सम्बोधन हुन थालेको छ । देश सघियतामा गएसगैँ नगरपालिकाकी उपप्रमुख अप्सरा देवि न्यौपाने महतको सयोंजकत्वमा गठन भएको न्यायिक समितिले आएका मुद्धाहरुलाई मिलापत्र गरेर पठाउने काम गरेको छ । जुम्लामा हुने छुइ प्रथा, महिला हिंसा, जातिय विभेद, बालविवाह, वहुविवाह, अनमेल विवाह, यौन शोषण र घरेलु हिंसाका मुद्धाहरुमा छानविन गर्ने र आवाश्यक प्रक्रिया अपनाएर मिलापत्र तथा कानुनी कार्वाही सम्म गर्ने अधिकार न्यायिक समितिका सयोंजकसगँ रहेको छ । चन्दननाथ नगरपालिकामा विभिन्न हिंसा तथा भेदभावका घटनामा छानविन गर्ने समिति गठन भैसके पनि सोचे जस्तो मुद्धाहरु नआएको न्यायिक समितिकी सयोंजक तथा नगरपालिकाकी उपप्रमखु न्यौपाने महतले बताउनुभयो ।
हाल नगरपालिकामा जग्गा भोगचलन तथा सिमा हेरफेरका मुद्धाहरु आउने गरेको भएपनि महिला हिंसा, छुइ प्रथा र अमानवीय व्यबहार तथा मानब अधिकार हनन्का मुद्धा दर्ता नभएको उहाँको भनाइ छ । नगरपालिकामा निर्वाचन भएको १ वर्ष वितिसक्दा पनि नगर प्रहरी भर्ना गर्न नसकिएकाले पनि भोली हुने विभिन्न हिंसाका दोषीहरुलाई समात्न तथा कार्वाहीको दायरामा ल्याउन चुनौती देखिएको सयोंजकको भनाइ रहेको छ । नगर क्षेत्र भित्र पनि विभिन्न अपराधिक घटना हुने भएपनि पहिला नगरपालिका भन्दा प्रहरी प्रशासनमा उजुरी दिन अगाडी जाने र नगरपालिकाले पनि न्याय दिन्छ भन्ने जानकारी नभएकाले पनि नागरिकहरु अझै पनि अन्यत्र जाने गरेको उहाँको भनाइँ छ । कुनै पनि नागरिक माथि दुरव्यवहार, भेदभाव, दमन र अत्याचार भएको देखेमा सबैले न्यायिक भुमिका खेल्न सक्ने उहाँले बताउनुभयो । नगरपालिका पनि न्यायिक समिति गठन भै विभिन्न मुद्धाहरुको मिलापत्र तथा आवाश्यक कार्वाही गरि पिडितलाई न्याय दिने काम गरीरहेकाले न्यायको खोजीमा भौतारिएकालाई आउन आग्रह गरिएको छ ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP