Listen Live

खानेपानी र सरसफाई, मानब अधिकार हनन् हुन्छ नपाई

खानेपानी र सरसफाई, मानब अधिकार हनन् हुन्छ नपाई
 हरिकृष्ण महत, जुम्ला जेष्ठ ३ । खानेपानी र सरसफाई अधिकार एवंम सामाजिक जवादेहिता सम्बन्धि एक दिने  तालिम सम्पन्न भएको छ । जुम्लाको यथास्थितीलाई आ आफ्नो सञ्चार माध्यमबाट उजागर गर्दै आएका जुम्लाका पत्रकारहरुलाई पनि यस विषमा बढी प्रचार गरुन र खानेपानी र सरफाईलार्इ  नागरिकको अधिकारसगँ जोडेर अगाडी लैजाने उद्देश्यले १ दिने तालिमको आयोजना गरिएको हो ।
दिगो खानेपानी सरसफाई र स्वच्छता परियोजनाले सञ्चारकर्मी, नागरि समाज र खानेपानी उपभोक्ता महासघंका प्रतिनिधीहरुलाई तालिमको अवसरमा नेपालको सविधानमा हरेक नागरिकले शुद्ध खानेपानी पिउन पाउनु पर्ने अधिकारको व्यवस्था गरिएको सम्बन्धि जानकारी गराइएको छ । सविधानमामा शुद्ध खानेपानी पिउन पाउने हरेक नेपाली नागरिकको अधिकार भएको भएपनि  अझै पनि कतिपय स्थानमा पानीको धारा नभएर खोलाको पानी पिउनु पर्ने समस्यालाई पत्रकारको स्वतन्त्र कमलले स्थानिय तहलाई दवाव दिइनु पर्ने तालिममा सहभागी पत्रकारले बताएका छन् । खानेपानी तथा सरसफाईका अधिकार भित्र ४ वटा सुचकहरु रहेका छन् ।
जसमा नागरिकलाई खानेपानीको उपलब्धता वा दिगोपना,पहुँच वा विभेद रहित किन्न सकिने वा सहुलियत र गुणस्तर वा खानेपानी गन्धहिन, स्वाद र रंगहिन हुनु पर्ने रहेका छन् । नेपाल सरकारले खानेपानीलाई दिगो विकासका १७ वटा लक्ष्य लिएर अगाडी बढी रहेकाले यसलाई सफल पार्नका लागी हामी सबैले आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु पर्नेमा जोड दिइएको छ । राज्य तय गरेको लक्ष्यालाई पुरा गर्न किर्डाक नेपालले जुम्ला सहित विभिन्न जिल्लाहरुमा खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना लागु गरेको किर्डाक नेपाल काठमाण्डौँका अनुगमन तथा मुल्यांकन अधिकृत आसीम पौडेलले बताउनुभयो ।
हरेक नेपाली नागरिकले दैनिक रुपमा प्रयोग गरिने खानेपानी पाउनु पर्ने मानब अधिकारसगँ जोडिएकाले अब यसलाई हामीले मिलेर कार्यान्वयनमा ल्याउन आवाश्यकर रहेकोमा जोड दिनुभयो । उहाँका अनुसार राज्यले २०३० सम्म नेपालका करिब ९० प्रतिशत घरपरिवारलाई पाइप लाइनबाट खानेपानी पुर्याउने लक्ष रहेको उहाँले अवगत गराउनुभयो । यता जुम्लाका पत्रकारहरुले खानेपानीलाई मानब अधिकारसगँ जोडेर विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने र सम्बन्धि स्थानिय तहलाई जवाफदेहि बनाउने खालका समाचार प्रसारण तथा प्रकाशन गर्ने सामुहिक प्रतिबद्धता गरेका छन् ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP