Listen Live

पार्टीलाई नवजीवन दिने अभियानमा पौडेल

पार्टीलाई नवजीवन दिने अभियानमा पौडेल
जेठ ३ जुम्ला । नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई नवजीवन दिन कर्णाली प्रदेशबाटै अभियान सुरु गरेको बताउनु भएको छ । नेपाली कांग्रेस जुम्लाले गरेको जिल्ला भेलालाई सम्वोधन गर्न जुम्ला पुग्नु भएका नेता पौडेलले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गएको निर्वाचनमा ब्यहोर्नु परेको हारलाई लिएर अव पार्टी सुदृढ तथा विस्तार गर्नुपर्ने र त्यो अभियान कर्णालीबाटै शुरु गरेको बताउनु भएको हो ।
कांग्रेस सुधारिएर अगाडि बढ्न, जनताको विश्वास हासिल गर्न र पार्टीमा सुध्रिन नसक्नेलाई किनारा लगाएर अघि बढ्नुको कुनै विकल्प छैन उहाँले भन्नुभयो । कांग्रेसमा जनसेवी र सदाचारी कार्यकर्ता नभएको होईनन, गाउँ–गाउँमा छन, तर तिनीहरू पछाडि पारिएकाले उचित सम्मान दिन पनि उहाँले अपिल गर्नु भएको छ । अबको ५ वर्षमा जनताका आवश्यकतालाई मध्यनजर गरि बहुमत पाउने गरि मेहनत गर्न कार्यकर्तालाई अपिल समेत गर्नु भएको छ । निर्वाचनमा भएको हारको कारण आफैभित्र खोज्न र यसलाई सुधार गर्नको लागि नवजीवन अभियान सुरु गरेको पौडलले बताउनु भयो ।
उहाँले भन्नुभयो, पार्टी भित्र कर्मशिल काँग्रेसको आवश्यक रहेको भन्दै उहाँले पार्टीलाई सुदृढ गर्नको लागि गुटगत राजनीतिक अन्त्य हुनु पर्ने उहाँले बताउनु भयो । नेपालमा समृद्धि बिना समाजवादको कल्पना समेत गर्न नसकिने भन्दै उहाँले काँग्रेस प्रतिपक्षमा रहेर देश, जनता र लोकतन्त्रको संस्थागत विकासको लागि खबरदारि गर्ने बताउनु भयो । जनतालाई आफ्नो पक्षमा पार्न तिनको मन जितेर काँग्रेस प्रति जनतामा देखिएको आकर्षणलाई बढाउँदै ७५ प्रतिशत नागकिरलाई काँग्रेसको पक्षमा अटाउन सक्ने वातावारण तयार गर्नु पर्ने उहाँको भनाइ छ । वरिष्ठ नेता पौडेलले बीपी कोइरालाले प्रतिपादन गर्नु भएको उत्पादन र वितरणको न्यायिक सन्तुलन समाजवाद नै नेपाली कांग्रेसको मूल आदर्श भएको बताउनु भयो । विश्व अर्थतन्त्र खुला बजारमा गइसकेको अवस्थामा उत्पादन, वितरण र बिमा तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी समाजवादको लक्ष्य पूरा गर्नु मूल ध्येय भएको उल्लेख गर्नु भयो ।
प्रतिपक्षका हैसियतले सत्ता पक्षलाई ठिकसँग चल्न दबाब दिने र अर्को आफैलाई सुधार गरेर ठिक बाटोबाट दृढतापूर्वक अगाडि बढ्नु पर्ने आवश्यकता रहेको पौडेलको भनाइ छ । देशमा राजनीतिक व्यवस्थाको टुङ्गो लागि सकेको र संघीयतामा गइसकेको सन्दर्भमा, अब समृद्धिको यात्रामा अगाडि बढ्न पार्टीले दबाबकारी समूहको भूमिका खेल्ने मात्र नभई आफ्नै हैसियत र पहुँचको आधारमा आर्थिक, सामाजिक क्षेत्रमा योगदान दिन सक्नु पर्ने बताउनु भयो ।
जनस्तरबाट आएका मागलाई सम्बोधन गर्नको लागि काँग्रेसले प्रत्येक ठाउँमा छाया सरकार गठन गर्न लागेको बताउँदै वरिष्ठ नेता पौडेलले आफूले जितेका स्थानीय तहमा स्रोत परिचालन र जनाताई सुसूचित गराउनु पर्ने बताउन भयो । वर्तमान सरकारको आलोचना गर्दे उहाँले हल्ला धेरै र काम थोरै गरेको बताउनु भयो । कर्णालीको विकासका लागि सरकारले ध्यान नदिएको भन्दै उहाँले वैशाख १ गते मुगुको रारातलबाट सरकारले बोलका कुराको तुक नभएको टिप्पणी गर्नु भयो । देशमा राजनीतिक स्थायीत्व कायम नभएसम्म समृद्धि हासिल गर्न नसकिने पौडेलको भनाइ छ ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP