Listen Live

आर्थिक वर्षको अन्त्य तिर विकासे योजनाको अनुगमन

जेष्ठ ३ जुम्ला । चन्दननाथ नगरपालिका भित्रका विकासे योजनाहरुको अनुगमन तिव्र गतिमा हुन थालेको छ । अरु वेला अनुगमन हुन नसकेपनि आर्थिक वर्ष २०७४÷७५ को अन्त्य अन्त्यमा तिव्र रुपमा अनुगमन गरिन थालेको छ । कुनै पनि विकासे योजनाको कम्तिमा पनि ३ पटक अनुगमन तथा निरिक्षण गर्नु पर्ने भएपनि त्यसो हुन नसकेर योजना सम्पन्न भैसकेपछि मात्र अनुगमन हुदा सोचे जस्तो काम गराउन नसकिने केही अगुवा समाजसेवीले बताएका छन् । काम सुरु भए देखि अन्तिम सम्म प्राविधिक सहयोग आवाश्यक पर्ने र स्टिमेट अनुसार निर्माण गरिनु पर्ने भएपनि अधिकांश विकासे योजना प्राविधिक स्टिेमेट भन्दा फरक तरिकाले  निर्माण भएको पाइएको छ । विकासे कामलाई दिर्घकालिन बनाउन योजना लागु भएदेखि अन्त्य सम्म प्राविधिक स्टिमेट अनुसार बन्नु पर्ने हुन्छ ।
तर नगरक्षेत्र भित्र बनेका विकासे काम तथा ग्रामिण सडकहरु औपचारिकता निभाउन र रकमलाई जसरी पनि सिध्याउनु पर्छ भन्ने मानसिकतामा विकास भैरहेको छ । विकासलाई सुशासन, पारदर्शिता, जवाफ देहिता र इमान्दारितासगँ तुलना गर्ने हो भने कसैको जागिरसम्म जाने खालको विकास भैरहेको स्थानियले आरोप लगाएका छन् । नगरक्षेत्र भित्र निर्माणधिन र निर्माण कार्य पुरा भएका योजनाको काम प्रति अहिले पनि स्थानिय खुसी नभएको बताइएको छ । राज्यले विकासको लागी छुट्याएको सही रुपमा सदुपयोग भएमा विकास र सम्वृद्धि भन्ने शव्द टाढा नरहेकाले यसमा हामीले गम्भिर भएर लाग्नुको विकल्प नरहेको केही राजनितिक दलका नेताहरुले बताएका छन् । यस्तै आर्थिक वर्षको अन्त्यमा नगरक्षेत्र भित्रका योजनाहरु अनुगमन गर्ने क्रममा आज चन्दननाथ नगरपालिकाको वडा नं ९ मा रहेको योजनाहरुको अनुगमन गरिएको छ । जस अनुसार वडा नं ८ मा बनेको खानेपानी, नगपालिकाको सिमानामा बन्दैै गरेको नगर गेट र केही फ्रेस हाउसको अवस्थाको विषयमा अनुगमन गरिएको छ ।
नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालको नेतृत्वमा गएको टोलीले  विकासे योजनाको अवस्था हेर्न हो भने प्राविधिक स्टिमेट र बातावरणीय प्रभाबलाई मध्येनगर नगरिएको बताइएको छ । बारम्बार नगरपालिका भित्रका सबै वडामा कालो पत्र गर्नका लागी पहिला सडकको अवस्था राम्रो हुन आवाश्यक रहेको बताउदै विकासको कामले चित नबुझेको नगर प्रमुख सेजुवालले बताउनुभयो । विकासे योजना तथा सडक निर्माण गर्नका लागी पहिला सोही वडाका उपभोक्ता समितिका अध्यक्षहरुले नगरपालिकाबाट खटिएका प्राविधिको सल्लाह र स्टिमेट बारम्बार हेर्ने गर्नु पर्ने नगरपालिकाकी उपप्रमुख अप्सरा देवि न्यौपाने महतले बताउनुभयो । उहाँका अनुसार अझै पनि अधिकांस उपभोक्ता समितिका अध्यक्षहरुलाई सडक निर्माणका लागी मात्र नभएर गुणस्तरिय बनाउन तर्फ ध्यान दिन आग्रह गर्नु भएको छ ।
विकास भनेको बारम्बार नआउने भएकाले  आएको चोटी सही रुपमा सदुपयोग गर्दा राम्रो हुने उहाँले बताउनुभयो । चन्दननाथ नगरपालिका भित्रका केही वडामा सडक भएपनि राम्रो सगं गाडी गुड्न नसक्नु भनेको पहिलो गल्ती प्राविधिक स्टिमेट भन्दा फरक सडक निर्माण गरिनु र दोस्रो गल्ति सडकमा जथाभावी रुपमा पानी छोड्नु रहेको छ । यस्तै नगरपालिका भित्रमा केही फ्रेस हाउसहरु नगरपालिकामा दर्ता नभएर रै सञ्चालन गरिएको पाएकाले एक हप्ता भित्र नगरपालिकामा आवाश्यक प्रक्रिया पुरा गरि आउन निर्देशन गरिएको उपप्रमुख न्यौपाने महतले बताउनुभयो ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP