Listen Live

जुम्लाका विकासे काममा प्राविधिकको स्टिमेट भन्दा बाहिर

जेष्ठ २ जुम्ला । जुम्लाका विकासे योजना तथा ग्रामिण सडक प्राविधिकको स्टिमेट भन्दा बाहिर रहेर निर्माण भएका छन् । कम रकममा लामो सडक निर्माण गर्ने उद्देश्यले सडक निर्माण उपभोक्ता समितिले प्राविधिकको स्टिमेट भन्दा बाहिर रहेर सडक निर्माण गरेको नगरप्रमुख कान्तिका सेजुवालको नेतृत्वमा गएको अनुगमन टोलीले जनाएको छ । नगरक्षेत्र भित्रका नयाँ ग्रामिण सडक निर्माण गर्ने क्रममा प्राविधिक सहयोग र सडकको स्टिमेट नपाएकाले पनि उपभोक्ता समितिले आफ्नै मतिवृद्धिले सोचे अनुसारको सडक निर्माण गरेको दोजाम खोला ग्रामिण सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष विशेश्वर खत्रीले बताउनुभयो ।
 सडक निर्र्माण गर्दा नियमित रुपमा प्राविधिक सल्लाह पनि नपाइने र स्थानियहरुले सडक निर्माण गर्दा जग्गामा जान नदिने भएकाले पनि प्राविधिक स्टिमेट पुरा गर्न समस्या भएको उहाँले बताउनुभयो । यता चन्दननाथ नगरपालिकालाई स्मार्ट सिटी बनाउने नगर प्रमुखले निति तथा योजना तयार पारे पनि कार्यान्वयन निकाय भने निकै कमजोर देखिएको छ । नगरक्षेत्र भित्रका विकासे योजनालाई कम भएपनि गुणस्तरिय र दिर्घकालिन सोच बनाएर बनाउनु पर्ने भने पनि त्यस्तो हुन नसकेको चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले बताउनुभयो । उहाँका अनुसार हाल नगरपालिका भरि ग्रामिण सडक देखि बाटो घाटो र सिचाँइ कुलो निर्माण भैरहेका छन् ।
योजना सुरु भएदेखि अन्त्य सम्म पनि प्राविधिक टोलीले सडक निर्माणमा गर्नु पर्ने जति काम नगरकाले पनि योजनाहरु राम्रो नभएको सेजुवालले बताउनुभयो । विकासे योजनाहरुमा उपभोक्ताको लापरवाहीले पनि गुणस्तर र दिर्घकालिन योजना बन्न नसकेको उपप्रमुख अप्सरा देवि न्यौपाने महतको भनाइ छ । नगर पालिकालाई सम्वृद्ध र विकसित बनाउन सबै नगरवासी नै लाग्नु पर्नेमा जोड दिदै उपप्रमुख न्यौपाने महतले प्राविधिक  स्टिमेट विना नै काम गर्नु भनेको पुर्वाधारलाई कमजोर बनाउनु भएकाले यस्तो नगर्न उपभोक्ता समितिलाई निर्देशन गर्नु भएको छ । चन्दननाथ नगरपालिका वडा नं १० मा रहेका विभिन्न योजनाहरुको अनुगमन पछि प्राविधिक रिपोटका आधारमा मात्र भुक्तानी निकासा गरिने भएको छ ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP