Listen Live

उज्यालो जुम्ला बनाउने अभियानमा सरिक हुन मन्त्री भण्डारीको अपिल

उज्यालो जुम्ला बनाउने अभियानमा सरिक हुन मन्त्री भण्डारीको अपिल
जेष्ठ २ जुम्ला । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून (गृहमन्त्री) नरेश भण्डारीले उज्यालो जुम्ला बनाउने अभियानमा सरिक हुन अपिल गर्नु भएको छ । नवीकरणीय ऊर्जा प्रवद्र्धनमा प्रदेश तथा स्थानीय सरकारको भूमिका सम्बन्धि आयोजित कार्यशाला गोष्ठिमा बोल्दै उहाँले एक वर्षभित्र कर्णाली प्रदेशका हरेकको घरमा उज्योला गरिने बताउनु भयो । उज्यालो जुम्ला बनाउनको लागि एक वर्ष भित्र सबै गाउँमा बिजुली पु¥याउन दृढ संकल्प गरेर स्थानीय सरकार लाग्नु पर्ने उहाँको सुझाव छ । आधारभुत अवश्यकताका रुपमा पहिलो प्राथमिकता नवीकरणीय ऊर्जालाई लिइने उहाँको भनाइ छ ।
मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले ऊर्जा मैत्री, नीति र कानून निर्माण गर्न लागेको भन्दै नमूना एवं डिजिटिल प्रदेशका रुपममा कर्णाली प्रदेशको विकासमा सरकार लागि परेको बताउनु भयो । कर्णाली प्रदेश सरकारले आगामी वर्षलाई विद्युत वर्षको रुपमा मनाउन लागेको भन्दै सबैको घर झिलीमिलि पार्ने योजनामा सरकार जुटेको उहाँको भनाइ छ । ऊर्जा नीतिलाई संशोधन गर्दा सहज र सरल प्रक्रियाबाट कर्णालीका नागरिकले नवीकरणीय ऊर्जाको प्रयोग गर्न पाउनु पर्ने बताउँदै उहाँले एक फरक प्रशंगमा विकास, सुशासन, शान्ति सुरक्षा र नमूना प्रदेको निर्माणको परिकल्पनामा सरकार लागेको अवगत गराउनु भयो । उहाँले भन्नुभयो, कर्णाली प्रदेशको गृह मन्त्रालयले अघि सारेको विशेष अभियान अन्तर्गत मदिरा नियन्त्रण गर्ने कार्य सुरु गरिएको बताउनु भयो । स्थानीय तहको सरकारका रुपमा रहेको गाउँपालिका अन्तर्गत वडापालिकामा गएको अधिकारलाई केहि जनप्रतिनिधिले थेक्न गाह्रो भएको बताउनु भयो । प्राप्त अधिकारको प्रयोग गरि स्थानीय स्तरको विकासमा सक्रिय हुन उहाँले जनप्रतिनिधिलाई आग्रह गर्नु भएको छ ।
¬कर्णाली प्रदेशका सांसद पदमवहादुर रोकायाले कर्णाली उज्योलो कार्यक्रमले जनताको आँखामा छारो हाल्ने काम गरेको बताउनु भयो । कर्णालीका नागरिकले उज्यालो कार्यक्रम अनभुति गर्न समेत नपाएको भन्दै रोकायाले जुम्लामा किलोवाट होइन । मेघावाटका हिसाबले बिजुली उत्पादनमा ध्यान दिन आवश्यक रहेको औँल्याउनु भयो । जुम्लामा खेर गएको पानीलाई भरपुर रुपमा सदुपयोग गर्दे आम्दानीको गतिलो स्रोत बनाउन तर्फ सबैको ध्यान केन्द्रित हुनु पर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, विकासका लागि विजुली आवश्यक रहेको बताउँदै नवीकरणीय ऊर्जाको नीतिमा सुधार गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो । जुम्लाका गाउँ–गाउँमा विजुली उत्पादन भएपनि समयमै मर्मत नहुँदा भएका स्रोत पनि प्रयोगमा आउन नसकेको जानकारी गराउनु भयो । कर्णाली रोजगार कार्यक्रममा जनताले काम गर्न नपाई डोजर प्रयोग गरिएको भन्दै सांसद रोकायाले विधिको शासन अनुसार सबै चल्नु पर्ने बिचार राख्नु भयो । कर्णाली प्रदेशकै सांसद दिनबन्दु श्रेष्ठले वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रले अनुदान दिने प्रक्रिया नै झनझटिलो भएको बताउनु भयो । उद्योगधन्दा र कलकारखाना संचालनको लागि विजुली अनिवार्य चाहिने भन्दै उहाँले वैकल्पी स्रोतका रुपमा अन्य विधि पनि अपनाउनु पर्ने बताउनु भयो । पुर्व राज्यमन्त्री भक्तवहादुर रोकायाले गरिबी निवारण गर्न र प्रदेशलाई समृद्ध गर्नको लागि बिजुली आवश्यक पर्ने बताउनु भयो । फलपूmल, जलस्रोत र पर्यटनका हिसाबले जुम्ला धनी जिल्ला भएको उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रलाई प्राविधिक सहयोग गरिदिन आग्रह गर्नु भएको छ । जुम्लामा स्रोत भएर पनि सदुपयोग हुन नसकेको भन्दै उहाँले भएका स्रोतको भरपुर रुपमा प्रयोग गर्नु पर्ने तर्क राख्नु भयो । पुर्व सांसद ललितजंग शाहीले अन्धकारको जीवन बिताई रहेको जुम्लाका नागरिकलाई उज्यालो अनुभूति हुने गरि बिजुली उत्पादन गर्नु पर्ने बताउनु भयो । यसैगरि, पुर्व सांसद डिल्ली काँफ्लेले वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्र भित्रको नीति सुधार गर्नु पर्ने बताउनु भयो । कर्णालीमै सोलारको कारखाना स्थापना गर्नु पर्ने उहाँले सुझाव दिनुभयो ।
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले जुम्ला सदरमुकाममा रहेको बिजुलीको अवस्था दनिय रहेको अवगत गराउनु भयो । बिजुलीमा लगानी गर्न अपिल गर्दे उहाँले स्रोत भएर पनि प्रयोग हुन नसकेको बताउनु भयो । गाउँपालिका महासंघका केन्द्रिय सदस्य एवं तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले जुम्लामा बिजुली उत्पादन गर्ने जिम्मा लिएका लाईसेन्सवाला ठेकेदारले काम नगरेमा बल प्रयोग गरि गाउँपालिकाबाट लखेटिने बताउनु भयो । खोलानालाहरु जल माफियाको नाममा दर्ता भएको भन्दै उहाँले वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रले गुणस्तरहिन सोलार कर्णालीमा पठाउने गरेको आरोप लगाउनु भयो ।
जथाभावि रुपमा खोलानाला र खेतियोग्य जमिनमा फ्याँकीएका सोलारका ब्याट्रिले गर्दा वातावारण प्रदुषण भएको उहाँको भनाइ छ । नवीकरणीय ऊर्जामा नागरिकले पाउने अनुदान प्रक्रिया झनझटिलो भएका कारण वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रप्रति नागरिकले नकारात्मक बुझाई रहेको अध्यक्ष योगीले बताउनु भयो ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP