Listen Live

सडक सञ्जालमा जोडियो डोल्पा

सडक सञ्जालमा जोडियो डोल्पा

रामचन्द्र न्यौपाने त्रिपुराकोट (डोल्पा), १ जेठ |

जुम्ला र डाेल्पाकाे सिमानामा पर्ने मौरेलेकबाट डोल्पाको काइगाउँ पुग्यो जिप, स्थानीयले मनाए खुसियाली

डोल्पा पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । कर्णाली राजमार्गले छोएसँगै सोमबार जगदुल्ला गाउँपालिकामा गाडी पुगेको छ ।

कर्णाली राजमार्ग भएर पश्चिमी जिल्ला जुम्ला हुँदै बा.१९च १६६८ नम्बरको जिप जगदुल्लाको काइगाउँ पुगेको हो । स्थानीय बासिन्दाले जिप चालक र यात्रुलाई माला र अबिरले स्वागत गरे ।

यस्तै, ‘डोल्पा पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । हाम्रो गाउँपालिकाले यो सु–अवसर पाएको छ,’ जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिंह रोकायाले भने ।

धेरै प्रयासपछि गाउँपालिकालाई सडक सञ्जालसँग जोड्न सफल भएको उनको भनाइ छ । ‘आज जिप आयो, अब साना मालबाहक गाडी पनि आउँछन्,’ अध्यक्ष रोकायाले भने ।

जुम्लाको मौरेलेकबाट डोल्पाको त्रिपुरासुन्दरीसम्मको ७२ किलोमिटर सडकखण्ड निर्माण भइरहेको छ । जसमध्ये ४६ किलोमिटर सडक निर्माण भएपछि जुम्लाबाट डोल्पाको काइगाउँसम्म गाडी सञ्चालनमा आएको जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमल बरुवालले बताए ।

तीन महिनामा सबै वडामा सडक : अध्यक्ष

जगदुल्ला गाउँपालिका अध्यक्ष रोकायाले तीन महिनामा सबै वडामा सडक पु-याउने गरी काम भइरहेको बताए । ‘अहिले गाउँपालिकाको एकछेउ सडकसँग जोडिएको छ, तीन महिनाभित्र सबै वडासम्म पु-याउँछौँ,’ उनले भने । धेरै वडालाई कर्णाली राजमार्गले छुने र बाँकी वडाका लागि गाउँपालिकाले सडक निर्माणको काम गरिरहेको उनको भनाइ छ ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP