Listen Live

निर्वाचन भएको ठिक एक वर्ष पुरा,स्थानीय तहका उपलब्धी सुन्य जस्तै,

निर्वाचन भएको ठिक एक वर्ष पुरा,स्थानीय तहका उपलब्धी सुन्य जस्तै,
बैशाख ३१ जुम्ला । स्थानीय तहको निर्वाचन भएको ठिक आज एक वर्ष पुरा भएको छ । गत वर्षको वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तहको निर्वाचनका क्रममा जनप्रतिनिधिहरुले जनतालाई ठुला ठुला आश्वासन दिएका थिए । तर, जनतालाई दिएका बचन जन्रपतिनिधिले एउटा पनि पुरा गर्नको सकेका छैन् । सपना बाँडेर हिडेका जनप्रतिनिधि कुहोरामा हराएको काग जस्तै भएका छन् । गाउँमा अझै खानेपानी, स्वास्थ्य, शिक्षा र सडकको समस्या ज्युँका तिउँ छन् । सिंहदरबारको अधिकार गाउँमा आएको नागरिकले अझै अनुभुति गर्न सकेका छैनन् । विभिन्न सपना देखाएर निर्वाचन जितेका प्रतिनिधिहरु यति बेला आफ्नो दुनो सोझ्याउन तिर लागि परेका छन् । विदेश गएका युवाहरुलाई आफ्नै ठाउँमा रोजगारी दिने र स्थानीयका पिर मर्कालाई केहि हदसम्म भएपनि कम गर्ने निर्वाचन ताका जनप्रतिनिधिहरुले बाचा गरेका थिए । नागरिकहरु भने आफुले जिताएर पठएका व्यक्तिबाट ढिलो चाँडो भएपनि विकास हुने बेग्र प्रतिक्षामा रहेका छन् । तर, जनप्रतिनिधिको ध्यान ती नागरिक तिर नभइ, आफ्ना र आसेपासेलाई चित्त बुझाउने खेलोमेलोमा लागि परेको देखिन्छ । निर्वाचन भएको एक वर्षको वर्षगाँड पुरा नहुनु पहिले स्थानीय तहमा धेरै विवादहरु देखा परि सकेका छन् ।
कतै जनप्रतिनिधिहरु आफुखुसी चलेको र कतै योजनामा घोटाला भएको खबरहरु सार्वजनिक भइ सकेका छन् । जनताप्रति उत्तरदायि भएर काम गर्ने बचन वद्धता गरेका जनप्रतिनिधिको मनपस्थितीमा फेरबलद भएको छ । जनप्रतिनिध प्रति जनता निराश देखिएका छन् । गाउँठाउँको लागि केहि गर्छन भने, पठाईका जनप्रतिनिधिको हविगत देख्दा अर्काेपटको निर्वाचनमा ठिक पार्ने दाउमा नागरिकले .सोचि सकेका छन् । पाँच वर्षको समयमा को गाउँपालिका कस्तो हुने र कस्तो बनाउने त्यसको जिम्मा जनप्रनितिधिसँग छ । स्थानीय तहलाई असफल बनाउनको लागि सुनियोजित ढंगले कर्मचारी तन्त्र पनि लागि परेको देखिन्छ । कुनै स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको बिच त्यति राम्रो मेल भएको देखिदैन् । जनप्रनिधि आफ्नो सुरमा चलेको पाईन्छ भने कर्मचारी पनि आफ्नो तालमा चलेको देखिन्छ ।
जनप्रतिनिधि र कर्मचारी बिच नङ्ग र मासुको सम्बन्ध हुनु पर्नेमा त्यसो नभएको देखिन्छ । एकले अर्काेललाई तल पार्न खोज्ने प्रतिस्पार्धाका कारणले स्थानीय तहले जति छर्लाङ्ग मार्नु पर्ने हो ? त्यो देखिएको छैन् । निर्वाचित भएर आएको एक वर्ष विति सक्दा जनप्रतिनिधिले जनता समक्ष हामीले यो नमूना योग्य काम गर्यौँ भनेर देखाउने कुनै योजना र काम छैन् । जुम्लाका ८ स्थानीय तहले कछुवाको गतिमा काम गरि रहेका छन् । जुङ्गाको लडाईका कारण गाउँपालिकामा देखिएको प्रशासनिक केन्द्र हेरफेरका विषयमा पनि दुई खेमा स्पष्ट देखिएको छ । जनअपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता गरेका जनप्रतिनिधिहरुले आफ्नो ठाउँको लागि सोच बिचार गरेर काम गरेमा भोलीका दिनमा साँच्चीकै सिंहदरबारको अधिकार गाउँमा आएको जनताले महसुस गर्ने छन् । तर, यता जुम्लाको पातारासि गाउँपालिकाले स्थानीय तहको निर्वाचन भएको एक वर्षको अवधिमा निकै राम्रो काम गरेको दावि गरेको छ ।
प्रत्येक गाउँमा सडक, विजुली र खानेपानी व्यवस्थापनको लागि गाउँपालिकाले काम गरेको अध्यक्ष लछिमन बोहोराको दावि छ । उथु्र्रमा निर्माणाधिन अवस्थामा रहेको पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै उहाँले पुल निर्माण पछि चौधबिस क्षेमा धेरै विकास हुने बताउनु भयो ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP