Listen Live

कर्णाली प्रदेशलाई जुवातास र लागुऔषधमुक्त बनाउछु: कानूनमन्त्री भण्डारी

कर्णाली प्रदेशलाई जुवातास र लागुऔषधमुक्त बनाउछु: कानूनमन्त्री भण्डारी

बैशाख ३१ जुम्ला । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून (गृहमन्त्री) नरेश भण्डारीले कर्णाली प्रदेशमा लागु औषध र जुवाँतासको अन्त्य गर्ने बताउनु भएको छ ।  मन्त्री भण्डारीले कर्णाली प्रदेश लागु औषध र जुवाँतास मुक्त तथा मदिरा न्यूनिकरण गरिने बताउनु भएको हो । गृह जिल्ला जुम्ला पुग्नु भएका मन्त्री भण्डारीले पत्रकाहरुको भेटघाटमा लागु औषधमुक्त र मदिरा न्यूनिकरणका लागि माताहतका निकायहरुलाई निर्देशन समेत दिई सकिएको बताउनुभयो । उहाँले लागु औषध प्रयोगले विकृति र यूवाहरुमा ठूलो समस्या ल्याएको र जथाभावी मदिरा प्रयोगले घरेलु हिंसा देखी समाज कलंकित गर्ने भएकाले न्यूनिकरण गर्ने अभियान प्रदेश सरकारले गर्ने समेत बताउनुभयो । यो अभियानमा भने गाउँ स्तरबाटै सामाजिक सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले यो अभियानमा भने जुम्ला नमूना जिल्लाको रुपमा हुने भएको बताउनु भयो ।

उहाँले जुम्ला प्रशासन र प्रहरीले जुवाँतास र लागुऔषध प्रतिवन्धका लागि गरेको कामको समेत प्रशंसा गर्दै थप उर्जा दिएको बताउनुभयो । मन्त्री भण्डारीले अव सरकारका गतिविधिहरु गाउँ स्तरमा कसरी कार्यान्वयन गर्ने भन्ने बिषय पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेश सरकारले एक दर्जन कानूनहरु अगािड बढाएको भन्दै जनताको सूझाव पनि यसमा आवश्यक रहेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुको सेवा सुविधा सम्वन्धीको कानून पनि अगाडि बढिरहेको बताउनुभयो । यसैगरी कर्णाली प्रदेश डिजिटल प्रदेशको रुपमा अगाडि बढ्ने योजना धमाधम अगाडि बढिरहेको र सुर्खेतबाट शुरु गरिएको साईरन जडान, जिपिएस प्रणाली सहित ४० वुद्धे योजना कार्यान्वयनका लागि सरकार लागि परेको बताउनुभयो । उहाँले डिजिटल अनुसन्धानबाटै अव प्रहरीले अपराध अनुसन्धान समेत सजिलै गर्न सहयोग पुग्ने गरी विकास गरिने बताउनुभयो । उहाँले राज्यले सरकारात्मक कदम चालेमा जनताको सहयोग हुने दावी गर्दै संघ सरकारले थालेको यातायातमा सिण्डकेट प्रथाको अन्तको शुरुवात र ३३ किलो सुनकाण्डको अन्सन्धानमा गृह प्रशासनको ठूलो सर्च अभियान रहेको बताउनुभयो । प्रष्ट गरेको भन्दै कर्णाली प्रदेशमा शान्ति समृद्धिमा समेत ल्याएको बताउनुभयो ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP