Listen Live

बन्दले जनवीवन प्रभावित

बन्दले जनवीवन प्रभावित
बैशाख ३१ ज्ुम्ला । जुम्लामा नियमित छ्ट्ने छोटो तथा लामो दुरीका यातायात सेवा पुर्ण रुपमा बन्द भएको छ । नेक्र विक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण जुम्लाका साना तथा ठुला सवारी साधन  पुर्ण रुपमा ठप्प भएका हुन । दिनभरी यातायात नचल्दा  जुम्लाका करिब १ हजार भन्दा बढी  यात्रु मर्कामा परेको कर्णाली यातायात व्यवसायी जुम्लाले जनाएको छ ।
विप्लबको बन्दले जुम्लाका यात्रुलाई निकै सास्ती भएको छ भने केही यात्रुहरु विच बाटो मै अलपत्र परेका छन् । जुम्ला देखि काठमाण्डौँ, नेपालगञ्ज, सुर्खेत र कालिकोट जिल्ला जाने यात्रु जुम्लाका बस पार्कमा अलपत्र परेको व्यवसायी सघंका कार्यालय प्रमुख इन्द्र बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विप्लबको बन्दले यातायात व्यवसायीहरुलाई लाखौँको क्षति पुगेको थापाले बताउनुभयो । विहान देखि यात्रुले बसपार्कको धुलो  खाएको थापाले बताउनुभयो । तर जुम्लाको चन्दननाथ नगरपालिका भित्र भने निजी जिप तथा अटोरिक्सा सञ्चालन भएको थापाको भनाइ छ । यता सवारी साधन पुर्ण रुपमा बन्द भएपनि शैक्षिक सस्था र बजारी भने  खुला रहेको थियो ।
पटक पटक विप्लबले नेपाल बन्दको आवाह्न गर्दा स्थानियले दुख भोग्दै आएका छन् भने यात्रुले समयमै गतन्वयमा जान पाएका छैनन् । बन्दले गर्दा होटेलमा बसेर नै गाडी भाडा सकिएकाले बन्द खुले पनि अव गाडी नभएर पैदल हिड्नु पर्ने समस्या भएको सिजाँ गाउँपालिकाका अम्मरसिंह वडले बताउनुभयो । विप्लबले बन्द गरेर श्रमजिवीलाई विहान वेलुका हात मुख जोड्न समस्यामा पार्नु भन्दा पनि सरकारसगँ प्रत्यक्ष आफ्ना कुरा राख्नु पर्ने वडको भनाइ छ ।
नेपाल बन्द र सिजा क्षेत्रमा नेपालको सेवा पनि बन्द भएकाले करिब ६, ७ दिन सम्म पनि परिवारसगँ सम्पर्क विहिन भएको बताउनुभयो । बजारमा आउदा हुने खर्च भन्दा पनि बढी भएको र भर जादा गाडी चढ्ने पैशा नभएकाले ७० वर्षको उमेरमा भोली जुम्ला सदरमुकाम देखि ४ कोष टाढा विहान देखि नै पैदल यात्रा गरेरै  भएपनि घर जाने सोचेको सिजाँ गाउँपालिकाका अमर सिंह वड र विर्ष वडले बताउनुभयो । 

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP