Listen Live

सिङ्गो गाउँ नै धुवाँमुक्त, स्थानीयवासी खुसी

सिङ्गो गाउँ नै धुवाँमुक्त, स्थानीयवासी खुसी
वैशाख ३१ जुम्ला । गाउँमै ग्याँस चुलोमा खाना पकाउन पाउने भएपछि जुम्ला गुठिचौर गाउँपालिका वडा नम्बर ३ की राजु कामी र न्याउली भण्डारी खुसी हुनुहुन्छ । वर्षौंदेखि धुवाँले आँखा पिरो हुँदा पनि खाना पकाउन बाध्य उहाँहरु अहिले ग्याँस चुलोमा खाना पकाउन पाउने भएकाले उहाँहरु खुसी हुनुभएको हो । आँखा पिरो भएर हेर्नै हुँदैनथ्यो, ग्याँस चुलो पाएपछि सजिलो हुने र घरभित्र धुवाँ नै नहुने भण्डारीले बताउनु भयो ।
परम्परागत चुलोमा खाना पकाउँदै आउनु भएको कामी र भण्डारीले अब ग्याँस चुलोबाट खाना पकाउनु हुने छ । गाउँमा प्रयोग गरिने सल्लाको दाउराले घर कालो हुने गरेको भन्दै उहाँहरुले अब समस्या हट्ने बताउनु भयो । कामी र भण्डारीको घरमा मात्रै होइन, गज्र्याङ्गकोट ३ सय ७१ घरमा ग्याँस चुलो जडान गरेपछि स्थानीयबासी खुसी भएका छन् । यो भन्दा पहिले गाउँका अधिकांश घरमा धुवाँरहित चुलो प्रयोग गर्दे आएक थिए, अब नयाँ अनुभुति स्थानीयले पाउने भएका छन् ।
गाउँपालिकाको अनुदान सहयोगमा गज्र्याङ्गकोट गाउँमा ग्याँस चुलो जडान गरिएको हो । दाउराको खपत घट्ने भएकाले वन फँडानी हुनबाट नियन्त्रण हुने त्यहाँका स्थानीयले विश्वास लिएका छन् । गाउँका अधिकांश वृद्धाको आँखा, श्वासप्रश्वास तथा मुटु लगायत अङ्गमा समस्या भएकाले ग्याँस चुलो वितरण गरिएको गुठिचौर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम बुढाले जानकारी दिनुभयो । मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव हुनबाट बचाउन ग्याँस चुलो प्रयोग गर्न स्थानीयवासीलाई उहाँले आग्रह गर्नु भएको छ । गुठिचौर गाउँपालिका वडा नम्बर ३ का ३ सय ७१ घरपरिवारले ग्याँस चुलो पाएका छन् ।
गाउँपालिकाको अनुदान सहयोगमा ३ नम्बर वडा कार्यालयले २४ लाख र ४ लाख स्थानीयको सहयोगमा ग्याँस चुलो खरिद गरिएको थियो । निरन्तर रुपमा भइरहेको वनको बिनासलाई रोक्नको लागि घर घरमा ग्याँस चुलो वितरण गरिएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । गज्र्याङ्गकोट गाउँ भित्र रहेको सामुदायिक वनलाई जोगाउन उपभोक्ताको घर घरमा ग्याँस चुलो वितरण गरेको छ । सित्तैमा एउटा ग्यास चुलो र भरिएको ग्यास सिलन्डर पाएपछि उपभोक्ता हर्षित भएका छन् । धुँवामा बसेर खाना पकाउदा विभिन्न खाले रोगहरुले आक्रमण गर्ने भन्दै धुँवा रहित ग्याँस चुलो पाएकोमा खुशी लागेको उपभोक्ता गणेश बुढाले बताउनु भयो ।
यस्तै अर्का उपभोक्ता देविलाल बुढाले पनि अब खान पकाउनका लागी दाउरा ल्याउन जंगल जान नपर्ने भन्दै खुशी व्यक्त गर्नु भयो । वन जंगल जोगाउने उद्देश्यले गुठिचौर गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयले ग्याँस चुलो वितरण गरेको जनाएको छ । वडाध्यक्ष बुढाले उपभोक्ताको घरमा एक सेट ग्याँस चुलो र एक वटा भरिएको ग्याँस सिलिन्डर उपलब्ध गराएको बताउनु भयो । जथाभावी रुपमा भइरहेको वन फँडानी न्युनीकरणका लागी वडा पालिकाले कामको शुरुवात गरेको उहाँले बताउनु भयो । वडाध्यक्ष बुढाका अनुसार धुवाँ रहित वडा पालिका निर्माणको अभियान सुरुवात गरिएको बताउनु भयो । महिलाको स्वास्थ्य अवस्थामा सुधार हुनुको साथै वन संरक्षणमा समेत टेवा पुग्ने उहाँको भनाइ छ । खाना पकाउनको लागि समयको बचत हुने भन्दै उहाँले वर्षेनी कटान भई रहेका रुखहरुको संरक्षण हुने उहाँको तर्क छ ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP