Listen Live

काठमाडौं आइपुगे मोदी, परराष्ट्रमन्त्री ज्ञवालीको स्वागत

काठमाडौं आइपुगे मोदी, परराष्ट्रमन्त्री ज्ञवालीको स्वागत २७ वैशाख, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे ।

मोदी शुक्रबार विहान पटनाबाट जनकपुर आएका थिए । त्यहाँ उनले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । मोदीको नागरिक अभिनन्दन पनि गरिएको छ ।

मोदी हायात होटलमा बस्नेछन् । साथै, सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरिनेछ ।

मोदीले आजै राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने नेपाली समकक्षी केपी शर्मा ओलीसँग साँझ द्वारिकाज होटलमा भेटवार्ता गर्नेछन् ।

भेट लगतै दुई प्रधानमन्त्री मोदी र ओलीले अरुण तेस्रोका स्वीच थिचेर उद्घाटन गर्नेछन् ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP