Listen Live

जनकपुर आइपुगे भारतीय प्रधानमन्त्री मोदी

जनकपुर आइपुगे भारतीय प्रधानमन्त्री मोदी

२८ वैशाख, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् । मोदी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको २ दिने राजकीय भ्रमणका लागि जनकपुर आइपुगेका हुन् ।

जनकपुर आउने मोदी भारतको पहिलो प्रधानमन्त्री हुन् । चार वर्षको बीचमा मोदीको यो तेस्रो नेपाल भ्रमण हो ।

एयर इन्डियाको विमानबाट जनकपुर विमानस्थलमा उत्रिएका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गरेका थिए ।

जानकी मन्दिरमा पूजा गरेपछि मोदी जनकपुर उपमहानगरपालिकाले आयाेजना गरेको नागरिक अभिनन्दनमा सहभागी भएका छन् । नागरिक अभिनन्दनपछि मोदी आजै दिउँसो १ बजेपछि काठमाडौं आउने तय भएको छ ।

मोदीलाई बस्ने व्यवस्था चुच्चेपाटीस्थित होटल हायातमा मिलाइएको छ । त्यसैले उनी एयरपोर्टबाट सीधै होटल हायात पुग्नेछन् ।

होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जाने र त्यहाँ नेपाली सेनाले सम्मानगारत अर्पण गर्ने कार्यक्रम छ ।

आजै मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP