Listen Live

दक्ष जनशक्ति उत्पादन गर्ने थलोका रुपमा कर्णाली प्राविधिक विकसित हुँद

दक्ष जनशक्ति उत्पादन गर्ने थलोका रुपमा कर्णाली प्राविधिक विकसित हुँद
बैशाख १७ जुम्ला । नेपालकै पहिलो कर्णाली प्राविधिक शिक्षालय दक्ष जनशक्ति उत्पादन गर्ने थलोका रुपमा विकसित हुँदै गएको छ । प्राविधिक शिक्षालयमा विभिन्न विधामा अध्ययन गरेका ७५ प्रतिशत विद्यार्थीले रोजगार प्राप्त गरेको शिक्षालयले जनाएको छ । सरकारी तथा गैस सरकारीसंघ संस्थामा शिक्षालयले उत्पादन गरेका जनशक्तिले काम पाएका छन् । शिक्षालयले गरेको अध्ययनर अनुसन्धानले हालसम्म ७५ प्रतिशत विद्यार्थीले रोजगार प्राप्त गरेको कर्णाली प्राविधिक शिक्षालयका उपप्रमुख हंशवहादुर शाहीले जानकारी दिनु भएको छ । कर्णाली प्राविधिक शिक्षालयले हाल ३ वटा कार्यक्रम संचालन गरेको छ । ी।क्अ।ब्न, सिभील ओभरसियर र ी।क्अ। फरेस्टि कार्यक्रमहरु संचालन गरेको उहाँको भनाइ छ ।
प्राविधिक शिक्षालयमा टिएसएलसि अन्तर्गत कृषि जेटिएमा ४०, सओभरसियरमा ४०, ऋःब् मा ८०, ब्ल्ः मा ८० गरि जम्मा २ सय ४० जना विद्यार्थी अध्ययनरत रहेका छन् । यसैगरि, डिप्लोमा तह अन्तर्गत फरेस्टीमा ४०, सिभिलमा १ सय ४४ र ी।क्अ।ब्न मा १ सय २० जना गरि जम्मा ५ सय ४४ जना विद्यार्थी हाल अध्ययन रहेका छन् । दुर्गम कर्णाली क्षेत्र र छिमेकि जिल्लाका विद्यार्थीहरूलाई विभिन्न विधामा अध्ययन गराए हरेक क्षेत्रमा आवश्यक प्राविधिक जनशक्तिको आपूर्तिमा समेत शिक्षालयले महत्वपूर्ण भूमिका खेलेको शाहीले दावी गर्नु भयो । उहाँका अनुसार शिक्षालयमा उत्पादित ऋःब् र ब्ल्ः का विद्यार्थीहरू कर्णाली अञ्चलका विभिन्न स्वास्थ्य चौकीका ईन्चार्ज भएर काम चलाई रहेको बताउनु भयो । बिक्रम सम्बत २०३७ सालमा स्थापना भएको नेपालकै पहिलो प्राविधिक शिक्षालयले विभिन्न विधामा अध्यापन गराइ रहेको छ । पहिले टीएसएलसीसम्म पढाउने गरेकोमा अहिले भने स्नातक तहसम्मका प्राविधिक विषयहरू पढाइ हुने गरेको शिक्षालयाले जनाएको छ । देशलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने थलोका रुपमा विद्यालय अघि बढेको पाइन्छ ।
स्थापनाकाल देखि हालसम्म यसले राज्यलाई झण्डै चार हजार प्राविधिक जनशक्ति उपलब्ध गराइ सकेको शिक्षालयका उपप्रमुख शाहीले जानकारी दिनुभयो । विसं. २०६५÷०६६ सम्म एसएलसी तहसम्मको निर्माण, कृषि र स्वास्थ्य संकायको प्राविधिक शिक्षा दिइरहेको शिक्षालयले हाल आइएसीएजी, सिभिल इञ्जिनियर र फरेस्ट्री तहसम्मका कार्यक्रम पनि सञ्चालन गरेको छ । पछिल्लो समयमा शिक्षालयबाट प्राविधिक जनशक्ति उत्पादनको संख्या बढिरहेको बताउँदै उहाँले अझ शिक्षालयको जति विकास र प्रगति हुनुपर्ने थियो त्यो नभएको बताउनु भयो । मुलुककै गरिमाको थलो कर्णाली प्राविधिक शिक्षालय जुम्लाको घेराबार नहुँदा पनि थुपै्र असुरक्षा पैदा भएको शिक्षालय उपप्रमुख शाहीले बताउनु भयो ।
आर्थिक अभावले ६ सय ५२ रोपनी क्षेत्रफल ओगटेको शिक्षालयमा बलियो घेराबार बन्न नसक्दा विद्यार्थीलाई जाने आउने कुरामा पनि अनुशासनमा राख्न कठिनाइ भएको उहाँको भनाइ छ । १ सय मिटरको पक्की घेरबार बाँहेक अन्य ठाउँमा घेरबारको व्यवस्था हुन सकेको छैन् । १ सय ८ मिटर घेरबारको लागि प्राविधिक शिक्षालयले टेन्डरको आह्वान गरेको छ । तारबार सहतिको घेरबारको व्यवस्थापन गर्न लागिएको शिक्षालयले जनाएको छ । शिक्षालयमा अहिले पनि हजारौँ विद्यार्थी प्राविधिक शिक्षा लिनका लागि ओइरो लाग्ने गरेको उहाँको भनाइ छ । शिक्षालयमा कर्णालीका पाँचवटै जिल्ला, दैलेख र जाजरकोटले प्रत्यक्ष सेवा लिइरहेका छन् भने मुलुकका अधिकांश जिल्लाका विद्यार्थीले पनि शिक्षालयमा अध्ययन गर्दै आइरहेका छन् । 

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP