Listen Live

नातिनीसँगै हजुर बुवा पनि कक्षा १ मा भर्ना

नातिनीसँगै हजुर बुवा पनि कक्षा १ मा भर्ना

दैलेख ः ५५ वर्षीय जयबहादुर सुनारका दारी र जुँगा फुलिसकेका छन् । कक्षा १ मा नाम लेखाइसकेपछि उनलाई जुँगा र दारी काटेर विद्यालय आउनुहोला भनेर शिक्षकहरुले सुझाव दिए । नाम लेखाईसकेपछि ‘गाडखोलामा रोपाँई भयो अर्नि लैजाऊ खेत, ५५ वर्षको भए बल्ल आयो चेत, भन्दै गित पनि गाए ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

एक महिना अघि कोहलपुर उपचार गराउन गएका उनले अस्पतालको नाम चिन्न सकेनन्, मोवाईल नम्बर भए पनि डायल गर्न सकेनन्, अलपत्र परेंपछि बल्ल सोचे पढाईको महत्व निकै रहेछ । चार भाई छोरा र दुई बहिनी छोरी छन् । चार पाँच कक्षा सम्म पढें त्यसपछि माथि पढ्न सकेनन्, अहिले नातिनीको नाम कक्षा १ मा लेखाउने तयारी भएको थियो आफुपनि नातिनीसँगै पढ्ने सोच बनाए र नाम लेखाए ।

आईतवार नारायण नगरपालिका २ जाहारकोटमा रहेका तीन वटा विद्यालयहरुले सामुहिक रुपमा भर्ना अभियान संचालन गरिरहँदा नाराजुलुस सहित लाईनमा भर्ना अभियान सफल पार्न हिँडेका ५५ वर्षीय जयबहादुर सुनारलाई नारायण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रेशमबहादुर थापाले खड्क प्रा.वि.मा कक्षा एकमा नाम लेखाई दिए ।
नारायण नगरपालिका वडा नं. २ मा रहेको जनता माध्यामिक विद्यालय कोटथाप्लामा निजि विद्यालयमा अध्ययन गर्ने १५ जना र अन्तर विद्यालयका ३६ जना गरि ५१ जनाले आईतवार नयाँ भर्ना गरेको विद्यालयका प्र.अ. रोशन रापकोटाले जानकारी दिएका छन् ।

सरकारी विद्यालयहरुको एकताले प्रयास सफल
एउटै वडामा रहेका र दुरी नजिक रहेका सरकारी विद्यालयहरुमा आपसी समझदारी कायम नभएका कारण आफ्नो विद्यालयमा कक्षा सकाएका विद्यार्थीहरु कोही निजी विद्यालय त कोही पायक पर्ने अर्को विद्यालयमा जाने गर्दथे । तर नारायण नगरपालिका २ जाहारकोटले भने यो बर्ष वडा भित्र रहेका विद्यालयहरुका लागि सहजता कायम गर्दै वडा भित्रैका पाएक पर्ने सरकारी विद्यालयमै नाम लेखाउने अभियान संचालन गरेपछि भर्ना अभियान प्रभावकारी भएको वडा अध्यक्ष रेशम थापाले बताए ।
नारायण नगरपालिका वडा नं. २ भित्र रहेका ५१ जना नयाँ विद्यार्थीहरुले जनता मा.वि. कोटथाप्लामा संयुक्त रुपमा भर्ना भएका छन् । जाहारकोटमा रहेको जनता प्रा.वि.कुसाँडाबाट पाँच पास भएका २६ जना विद्यार्थीहरु र खड्ग प्रा.वि. का पाँच पास भएका १० जना विद्यार्थीहरुले कोटथाप्लामा भर्ना गरेका हुन् । त्यस्तै निजी विद्यालयमा पढाउँदै आएका १५ जनाको पनि सरकारी विद्यालयमा नाम लेखाइएको छ । अभिभावकहरु सहमत भएपछि यस्तो काम थालीएको हो ।
अव पढाईलाई प्रभावकारी र शिक्षकको नियमित उपस्थितीका लागि थप प्रयासहरु सुरु गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश थापाले बताए । यसअघि १ सय ९५ जना विद्यार्थीहरु रहेको विद्यालयमा यो बर्ष भर्ना अभियानलाई प्रभावकारी बनाएर ३ सय विद्यार्थी पुर्याउने लक्ष्य रहेको थापाले बताए ।

एक हजार बोनस र वर्षभरीको तिरो निशुल्क
नारायण नगरपालिका वडा नं. २ वडा अध्यक्ष रेशम थापाले अन्यत्र विद्यालयबाट आउने विद्यार्थीहरुलाई पोसाक किन्न सजिलो होस भनेर १ हजार रुपैयाँ बोनस प्रदान गरिएको र वडा भित्रका अभिभावकहरुलाई १ बर्षको जग्गाको तिरो निशुल्क गरिएको बताए ।

जिल्लाभर अभियान प्रभावकारी
दैलेख जिल्लाभर अहिले अभियानले तीव्रता पाएको छ । स्थानीय सरकारहरु अभियानमा निकै सक्रिए भएर लागेका कारण विद्यालय बाहिरका अधिकांश विद्यार्थीहरुले नाम लेखाउने संकेत देखिएको जिल्ला शिक्षा अधिकारी बिष्णु गोतामेले बताए ।विगतका बर्षहरुमा यस अघि विद्यालयहरु जनता माध्यामिक विद्यालय कोठथाप्लामा भर्ना गरेका छन् भने उनलाई आफु बिरामी हुँदा अस्पतालको नाम नचिनेको र मोवाईलको नम्बर थिच्न नजानेपछि परेको समस्या सम्झिए, अनि विद्यालय भर्ना भए ।

तपाईको प्रतिक्रिया

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP