Listen Live

जुम्लाका तिन गाउँपालिकाका १५ विद्यालयमा ६१ वटा पढाई केन्द्र स्थापना हुने

वैशाख ३ जुम्ला । जुम्लाका ३ वटा गाउँपालिका ६१ स्थानमा पढाई केन्द्र स्थापना हुने भएको छ । रमाईलो र बालमैत्री वातावारणमा प्रत्येक शनिबारका दिन ९० मिनेट पठाउनको लागि पढाई केन्द्र स्थापना गरिने भएको हो । तिलाका ५ वटा विद्यालय, तातोपानीको ४ र पातारासि गाउँपालिकाको ६ वटा विद्यालयमा गरि जम्मा ६१ वटा पढाई केन्द्र संचालन गरिने भएको हो । पढाई केन्द्र स्थापना गर्नु पहिले ३ गाउँपालिकाका ३३ जना पढाई केन्द्रका सहजकर्तालाई अभिमुखिकरण समेत गराई सकिएको छ । पढाई केन्द्रका लागि आवश्यक पर्ने कुराहरु सिकाई सकेको किर्डाक नेपाल जुम्लाले जनाएको छ । बालवालिकाहरुको सिकाई उपलब्धि बृद्धि गर्नका ३ वटा गाउँपालिकाका विभिन्न विद्यालयमा पढाई केन्द्र संचालन गरिने भएको हो ।
शैक्षिक स्तर न्यून भएका वालवालिकालाई पढाई केन्द्र मार्फत उनिहरुको सिकाई उपलब्धिमा बृद्धि गर्नका लागि उक्त पढाई केन्द्र संचालन गरिने भएएको हो । बालबालिकाहरुको लागि मनोरञ्जन पूर्वक सुरक्षित स्थानमा पढाई विकास गर्न आफ्ना साथीहरुसँगै सिक्ने अवसर प्रदान गरिने भएको छ । पढाई केन्द्रमा बालबालिकाहरु विभिन्न क्रियाकलापहरुमा व्यस्त हुने छन् । पढाई केन्द्र पाँच वटा सिपमा आधारित पाठ्यक्रम अनुसार सिकाईने छ । बालबालिकाहरुलाई पढाई प्रति रुचि जगाउन र पठन सिपमा उपलब्धी हासिल गर्न सहयोग गर्ने लक्ष्य राखिएको छ । बालबालिकाहरुको पढ्ने बानीको विकास गरी सिकाइ उपलब्धीमा सुधारलाई प्रमुख उद्देश्यका साथ पढाई केन्द्र स्थापना गरिने भएको हो ।
महिना दिन सम्म सञ्चालित कक्षामा पनि राम्रो सिकाई बृद्धि हुन नसकेका वालवालिकालाई थप पहल गरिने भएको छ । नेपाल सरकारले तयार पारेको पाठ्यक्रममा आधारित भएर सञ्चालन हुने केन्द्रमा हरेक दिन फरक फरक विषयवस्तुको बारेमा छलफल हुने बताईएको छ । “सानै छु, पढ्न देउ, बाल विवाह होइन पढ्न देउ” भन्ने सन्देशका साथ तिन गाउँपालिकाका ३३ जना पढाई केन्द्रका सहजकर्ताहरुलाई यसका बारेमा जानकारी गराईएको छ ।
पढाई केन्द्रका सहजकर्ताहरुलाई सारक्षता अभिवृद्धि र सामुदायिक कार्यमा सक्षम बनाउने उद्देश्य राखिएको छ । पढाई केन्द्र प्रभावकारी रुपमा सुचारु गर्ने र शिक्षण सिकाई सामाग्रीहरुको निर्माणमा क्षमता अभिवृद्धि गर्ने पनि लक्ष्य राखिएको छ । किर्डाक नेपाल जुम्लाद्धारा संचालित शिक्षा परियोजना अन्तर्गत पढाई केन्द्रका सहजकर्ताहरुलाई यसका बारेमा जानकारी गराईएको हो । किर्डाक नेपाल जुम्लाको आयोजना र वल्र्ड भिजन इन्टरनेश्नल नेपाल जुम्लाको आर्थिक सहयोगमा पढाई केन्द्र स्थापना गरिने भएको हो । बालबालिकाको सिकाई उपलब्धि नभएकाले उनिहरुको पढाईमा सुधार गर्नको लागि पढाई केन्द्र स्थापना गरिने किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमवहादुर शाहीले बताउनु भयो ।
जिल्ला शिक्षा कार्यालय जुम्लाका शाखा अधिकृत महेशदत्त देवकोटाले बालबालिकाको पढाई क्षमतालाई दोब्बर गर्नको लागि शिक्षण क्रियाकलाप सहि हुनु पर्ने तर्क गर्नु भयो । प्राथमिक तहका बालबालिकाको पढाई क्षमता राम्रो हुन नसकेका कारण पढाई केन्द्रलाई सरकारलाई पहिचान गरेको अवगत गराउँदै उहाँले शिक्षण कार्यलाई तल देखि नै बलियो बनाउनु पर्ने धारणा राख्नु भयो । विद्यालयमा पढ्ने वातावारण हुँदा हुँदै पनि अतिरिक्त कक्षाका रुपमा पढाई केन्द्रको गठन र स्थापना गरिएको गर्न लागिएको देवकोटाको भनाइ छ । बालबालिकालाई  घरमै पढाउने उद्देश्यले कार्यक्रम संचालन भएको भन्दै उहाँले शिक्षण सिकाइमा यसले धेरै कुरामा सुधार ल्याउने आशा गरिएको बताउनु भयो । 

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP