Listen Live

जुम्लाका किसानहरुको मोह उन्नत जातको पशुपालनमा

वैशाख ३ जुम्ला । जुम्लाका किसानहरुको मोह उन्नत जातको पशुपालन तिर देखिएको छ । उन्नत जातको व्यावसायिक पशुपालनबाट मनग्य आम्दानी हुन थालेपछि किसानहरुको मोह यसतर्फ आकर्षित भएकएको हो । जुम्लाको पातारासि गाउँपालिका पशु सेवा शाखाको आयोजनामा शुक्रबारका दिन कृत्रिम गर्भधानबाट जन्मीएका बाछाबाछी, कोरेली र बहर प्रर्दशनि गरिएको छ । कृत्रिम गर्भधानबाट जन्मीएका उन्नत जातका पशुहरुको प्रर्दशनि गरिएको थियो । किसनाहरुलाई उन्नत जातका पशु पालन गरि आयआर्जन गर्न सकिन्छ, भन्ने सन्देश दिनको लागि प्रर्दशनि गरिएको थियो ।
कृत्रिम गर्भधानबाट जन्मीएका उन्नत जातका पशु प्रर्दशनिका लागि पातारासि गाउँपालिकाका ८५ जना किसानहरुको सहभागिता रहेको थियो । प्रर्दशनिमा सहभागिताको लागि ६१ जना किसानले नाम लेखाए पनि ८५ जना किसानको मात्रै सहभागिता रहेको पातारासि गाउँपालिका पशु सेवा शाखाका संयोजक शिवराज देवकोटाले जानकारी दिनु भयो । उहाँका अनुसार प्रर्दशनि प्रतियोगितामा सहभागि मध्ये पातारासि गाउँपालिकाका हस्तवहादुर कठायत प्रथम, रुपकलि बुढा द्धितिय, हरिलाल बुढा तृतिय र १३ जना अन्य किसान सान्त्वना भएको बताउनु भयो । उन्नत जातको पशु पालनबाट दुध उत्पादन गरि आयआर्जनम वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता गरिएको देवकोटाको भनाइ छ । स्थानीय जातका पशुबाट भन्दा पनि उन्नत जात पशुपालनबाट छिटो आम्दानी हुने भएपछि किसानको रुचि यसैतर्फ बढेको उहाँले बताउनु भयो ।
स्थानीय जातका गाईको तुलनामा उन्नत जातका गाईले बढी दूध दिने गरेको किसानको भनाइ छ । उन्नत जातका गाई पाल्ने व्यवसायीको संख्या गाउँमा बढेको छ । उन्नत जातका गाई पालन किसानको संख्या बढेमा दूध उत्पादनका हिसाबमा जुम्ला आत्मनिर्भर बन्दै जाने पशु प्राविधिहरुले बताएका छन् । पछिलो समयमा किसानहरुको आकर्षण उन्नत जातको पशु पालनमा देखिएको छ । तर, पशु आहाराको समस्याले गर्दा धेरै किसानहरुको इच्छा भएपनि उन्नत जातको पशु पालन गर्न नसकेको गुनासो गरेका छन् । हिउँदको समयमा उन्नत जातको पशु पाल्न समस्या हुने गरेको किसानहरुको गुनासो छ । 

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP