जुम्लामा आज सानो जिप दुर्घटना हुदा ७ जना घाइते
बैशाख १ जुम्ला । जुम्लामा आज सानो जिप दुर्घटना हुदा ७ जना घाइते भएका छन् । नाग्म देखि जुम्लाबार तिर आउने क्रममा तातोपानी गाँउपालिकाको वडा नं ५ श्रीनगरमा भे १ ज ७४५ नम्बरको सानो जिप दुर्घटना भएको हो । यात्रुबाहक सानो जिपमा सवार ९ जना मध्ये ७ जना घाईते भएका छन भने, २ जना सकुशल रहेको जिल्ला प्रहरी कर्याालय जुम्लाले जनाएको छ । सानो जिप दुर्घटना हुदा घाइते हुनेहरुमा दैलेख जिल्लाका ५ जना रहेका छन् भने जुम्लाका २ जना रहेका छन् ।
जस मध्ये दैलेख जिल्लाका लालसिहं सलामी मगर, लछीराम थापा, निजकी श्रीमति विमला थापा, कमला थापा र गिता शर्मा र जुम्ला तिला गाउँपालिकाकी सिता योगी र मनिशा बुढा घाइते हुनु भएको छ । घाइते ७ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भैरहेको छ भने प्रतिष्ठानका अनुसार घाइतेहरु खतरामुक्त रहेको जनाएको छ । दुर्घटनामा परेको सानो जिप कर्णाली राजमार्गबाट ७० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको क १ च ४ नम्बरको एम्बुलेन्सले स्वामी कार्तिक गाउँपालिकाकी २८ वर्षिय रेखा विकलाई ठक्कर दिदा घाइते हुनु भएको छ । आज विहान तातोपानी धाराबाट नुहाएर फर्कने क्रममा तातोपानी गाउँपालिका २ तिलाकोट नजिकै एम्बुलेन्सले घाइते रेखा विकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
सूचना
- Notice test
रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..
read moreLatest News
- भीम वहादुर नेपालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन
- स्थानीय तहमा अर्बौं अनियमितता
- कर्णाली प्रदेशमा घटाएर पारिश्रमिक प्रस्ताव
- डोल्पामा केन्द्र विवाद चर्किंदै : मेयरविरुद्ध नाराबाजी
- डोल्पामा उपकरणबिनै सुत्केरीको शल्यक्रिया
- समाचार नेपालको विकासमा भारतसँग सहकार्य गर्न चीन तयार
- सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत
- चेक साट्न ४ दिन पैदल हिडेर सदरमुकाम पुग्छन् हुम्लावासी !
- जनतासँग प्रहरीको अन्तरक्रिया
- कर्णाली प्रदेशको मन्त्री परिषदद्वारा पाँच विधेयक स्वीकृत
Program Archive
-
1
Nov
Music Stattion