Listen Live

प्रतिष्ठानको सिनेट बैठक,, सात वटा प्रस्ताव माथि छलफल

प्रतिष्ठानको सिनेट बैठक,, सात वटा प्रस्ताव माथि छलफल
वैशाख २ जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाकोे केन्द्रिय कार्यालय जुम्लामा पहिलो पटक सिनेटको बैठक बसेको छ । छेटौँ सिनेट बैठक पहिलो पटक केन्द्रिय जुम्लामा बसेको हो । यो भन्दा पहिले सिनेटको बैठक राजधानीमा बस्दै आएको थियो । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार सिनेटको बैठक बसेको हो । सिनेट बैठकमा सात वटा प्रस्ताव माथि छलफल भएको छ । प्रतिष्ठानको ३ सय शैयाको भवन निर्माण लगायत अन्य विभिन्न शिर्षक अन्तर्गत आर्थिक २०७४÷०७५ लागि अपुग बजेटलाई पारित गर्न सिनेट बैठकमा प्रस्तावका रुपमा पेश गरिएको छ । प्रतिष्ठानको दोस्रो पञ्चवर्षिय योजना अन्तर्गको दोस्रो गुरु योजना, आगामी शैक्षिक सत्र देखि संचालन गर्नको लागि ःद्यद्यक्, ःम्रःक् लगायतका कार्यक्रम संचालन गर्न र ऐनले तोकेका प्रदेश नम्बर ७ का ३ जिल्ला अछाम, बझाङ्क र बाजुराका अस्पतालहरुलाई शैक्षिक कार्यक्रम संचालन गर्नको निमित्त स्वास्थ्य मन्त्रालयलाई आवश्यक प्रक्रिया अगाडि बढाई दिने प्रस्ताव पनि सिनेट बैठकमा पेश गरिएको छ । यसैगरि, शैक्षिक कार्यक्रम विस्तार गर्नको लागि शिक्षक र कर्मचारि दरबन्दि स्वीकृत, मेडिकल तथा नर्सिङ्ग बिधाका शैक्षिक कार्यक्रमहरु संचालन गर्नको लागि काउन्सिलहरुबाट विशेष व्यवस्था गरि दिन प्रस्ताव गरिएको प्रतिष्ठान स्रोतले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनको दफा ३२, ३३ र ३४ अनुसार पिछडिएका क्षेत्रका जिल्लाहरु र कर्णाली प्रदेशका बाँकि जिल्लाहरु पश्चिम रुकुम, सल्यान, दैलेख र सुर्खेतलाई पनि छात्रवृत्ति कोटा उपलब्ध गराउने विषयमा सिनेट बैठकमा प्रस्तावका रुपमा पेश गरिएको छ । सिनेट बैठकमा अघि सारिएका प्रस्तावहरु केलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेपछि पारित हुने बताईएको छ । सिनेट बैठकका विषयमा जानकारी दिनको लागि यति बेला हाम्रो टेलिफोन सम्पर्कमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्टार विश्वराज काँफ्लेका अनुसार सिनेट बैठकबाट अनुमोदन भएका निर्णयहरु युद्धस्तरका रुपमा कार्यान्वयन गर्न जुट्ने बताउनु भयो । ऐतिहासिक उपलब्धीका रुपमा सिनेट बैठक सम्पन्न भएको उल्लेख गर्दे उहाले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागि सहयोग पुगेको बताउनु भयो । एउटा प्रदेशमा एउटा मेडिकल कलेज स्थापना हुनु पर्ने व्यवस्था अनुसार कर्णाली प्रदेशको जुम्लामा भौतिक पूर्वाधार निर्माण हुने क्रम चलि रहेकोले जुम्लामा हुुनु पर्ने विषयमा सिनेट बैठकको प्रस्ताव बनाईएको थियो । सिनेट बैठकमा २१ जना सदस्य रहेका छन् । स्वास्थ्य राज्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति पद्मा आर्याल, स्वास्थ्य सचिव पुष्पा चौधरि लगायतका सदस्यहरुको सिनेट बैठकमा सहभागिता रहेको थियो ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP