रारामा फ्री वाइफाई सेवा सुरु

मुगु ः पर्यटकिय स्थल रारामा चैत्र २९ देखी फ्री वाइफाई सेवा सुरु गरिएको छ । बैशाख १ गते हुने कर्णाली रारा पर्यटन बर्षको उद्घाटन कार्यक्रमलाई लक्षित गरी रारामा वर्ल्डलिंक कम्पनीले फ्रि वाइफाई सेवा संचालनमा ल्याएको हो । विषेश गरेर कर्णाली रारा पर्यटन बर्षलाई लक्षित गरी बिहीबार देखि ५० एमबी क्षमता स्पिड भएको वाइफाई सेवा सुरु गरिएको वल्डलिंक कम्पनीका प्राविधिक राजेन्द्र विष्टले जानकारी गराए ।अब रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले राराको छेउ छाउबाट सजिलै इन्टरनेट सेवा प्रयोग गरी आफन्तहरु संग कुरा गर्नपाउने उनले बताए । फ्री वााइफाई सेवाले बैशाख १ गते रारा कर्णाली पर्यटन बर्षमा आउने पाहुनाका लागि सहज हुने र जिल्लास्थित बिभिन्न सञ्चारकर्मीहरुलाई रिर्पो्िटङ्ग गर्न सजिलो हुने भएको छ । दुर्गम जिल्लामा रहेको रारालाई संसारमाझ चिनाउन र यसको प्रचार प्रसार गरी बढी भन्दा बढी पर्यटकहरु भित्र्याउन फ्री इन्टरनेट सेवा सुचारु ग्रिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजङ्ग शाहीको भनाइ छ । आउने दिनहरुमा रारामा जति सक्दो धेरै संख्यामा पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ लागिपरेको उनले बताए ।
सूचना
- Notice test
रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..
read moreLatest News
- भीम वहादुर नेपालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन
- स्थानीय तहमा अर्बौं अनियमितता
- कर्णाली प्रदेशमा घटाएर पारिश्रमिक प्रस्ताव
- डोल्पामा केन्द्र विवाद चर्किंदै : मेयरविरुद्ध नाराबाजी
- डोल्पामा उपकरणबिनै सुत्केरीको शल्यक्रिया
- समाचार नेपालको विकासमा भारतसँग सहकार्य गर्न चीन तयार
- सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत
- चेक साट्न ४ दिन पैदल हिडेर सदरमुकाम पुग्छन् हुम्लावासी !
- जनतासँग प्रहरीको अन्तरक्रिया
- कर्णाली प्रदेशको मन्त्री परिषदद्वारा पाँच विधेयक स्वीकृत
Program Archive
-
1
Nov
Music Stattion