Listen Live

डोल्पा ट्रेकमा तीन भारतीय पूर्वराजदूत

डोल्पा ट्रेकमा तीन भारतीय पूर्वराजदूत
डोल्पा । नेपालका लागि तीन भारतीय पूर्वराजदूत डोल्पाको प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यअवलोकन गर्न डोल्पा पुगेका छन् । नेपालका लागि भारतीय पूर्वराजदूत रणजित राय, श्याम सुन्दर, देब मुखर्जी रहेका छन् । यहाँको भौगोलिक विकटता, प्राकृतिक सौन्दर्यता, जैबिक बिबिधताले मनै लोभ्याउने भएकाले आफूहरु पनि डोल्पाको सौन्दर्यताको स्वादपान गर्नका लागि १५ दिने यात्रामा डोल्पा पुगेको पूर्वराजदूतहरुले बताएका छन् । प्रचुर प्राकृतिक सम्पदा, धार्मिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले डोल्पा घुम्न लालायित भएको पूर्वराजदूत रायले बताए । धार्मिक पर्यटकीय महत्व बोकेको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोटमा रहेको श्रीवालात्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न पुगेका रायले यस अघि समेत डोल्पाको भ्रमण गरेका थियो । उनले प्रचार प्रसारको अभावमा डोल्पा ओझेलमा परेको बताए । डोल्पा शे फोक्सुन्डो, बालात्रिपुरासुन्दरी, जगदुल्ला ताल, धो ताक्सी उपत्यका, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, यार्सागुम्बा लगायतका कारण चर्चित छ । पर्यटक भित्र्याउन राष्ट्रिय सडक सञ्जालसँग डोल्पालाई जोड्न आवश्यक रहेको पूर्वभारतीय राजदुुतहरुले बताएका छन् । भारतीय राजदूतावासको तीन करोड ३३ लाख सहयोगमा त्रिपूरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर निर्माण गरिएको छ । तीनैजना राजदूत जुफाल, त्रिपुराकोट, दुनै, धो ताक्सी, शे फोक्सुन्डो ताल भएर जुफालहुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP