Listen Live

प्रतिष्ठानमा भोली बस्ने सिनेटको बैठक तयारि अन्तिम चरणमा

प्रतिष्ठानमा भोली बस्ने सिनेटको बैठक तयारि अन्तिम चरणमा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक बस्ने सिनेटको बैठक तयारि अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठान जुम्लामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै भिसि राजेन्द्रराज वाग्लले सिनेटको बैठकको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनु भयो भएको हो । सिनेट बैठकमा आगामी वर्षमा संचालन गरिने एमबिबिए पढाई र मेडिकल कलेज जुम्लामै स्थापना हुनु पर्ने लगायतका महत्वपुर्ण विषयमा छलफल हुने जानकारी गराउनु भयो । एउटा प्रदेशमा एउटा मेडिकल कलेज स्थापना हुनु पर्ने व्यवस्था अनुसार कर्णाली प्रदेशको जुम्लामा भौतिक पूर्वाधार निर्माण हुने क्रम चलि रहेकोले जुम्लामा हुुनु पर्ने विषयमा सिनेट बैठकको मुख्य एजेण्डा बनाईएको प्रतिष्ठानका रजिष्टार विश्वराज काँफलेले जानकारी गराउनु भयो । शनिबार दिउसो ३ देखि ४ बजेसम्म एक घण्टाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सिनेट बैठक बस्ने भएको छ । सिनेट बैठकको अध्यक्षता ग्रहण गर्नको लागि प्रतिष्ठानका कुलपति तथा प्रधानमनत्री केपी शर्मा ओली आउनु हुने भएको छ । कर्णाली प्रदेशको जुम्लालाई हपका रुपमा विकास गर्ने विषयमा पनि सिनेट बैठकको विषय बनाईएको छ । साथै पिछडिएको ९ जिल्ला सहित १४ जिल्लामा सेवा विस्तार गर्ने र अन्य जिल्लामा पनि आरक्षण दिने वा नदिने विषयमा छलफल हुने रजिष्टार काँफेलले बताउनु भयो । सिनेट बैठकमा कर्णाली मैत्री स्वास्थ्य नीतिका विषयमा छलफल गरि सकेसम्म यहाँका नागरिकलाई सस्तो र सुलभ सेवा उपलब्ध गराउने विषयमा पनि छलफल हुने बताईएको छ । सिनेट बैठकबाट प्रतिष्ठानलाई अपुगको भएको बजेट अनुमोदन गर्ने, आगामी वर्षका कार्यक्रमहरु अनुमोदन हुन सक्ने पत्रकार सम्मेलनका क्रममा जानकारी गराईएको छ । यो भन्दा पहिले राजधानी काठमाण्डौँमा बस्दै आएको सिनेट बैठक पहिलो पटक जुम्लामै बस्न लागेको हो । सिनेट बैठकमा २१ जना सदस्य रहेका छन् । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री आउनु अघि सिनेट बैठकका एजेण्डमा छलफल गर्ने र कुलपति आई सकेपछि औपचारिक रुपमा बैठक संचालन गर्ने कार्यतालिका बनाईएको छ । केलपति समक्ष एजेण्डमा अनुमोदन गराउनको लागि पेश गर्ने कार्यक्रम रहेको काँफ्लेको भनाइ छ । यसैबिच, प्रतिष्ठानले विज्ञप्ती जारी गर्दे मकालु अनलाईन खबरको समाचार प्रति प्रतिष्ठानको गम्भीर ध्यानकर्षण भएको उल्लेख गरिएको छ । प्रतिष्ठानका महत्वपुर्ण कार्यहरु तथा सिनेट बैठक हुने बेला प्रतिष्ठानको विरोधमा भ्रामक, कपोकल्पीत तथा तथ्यहिन तवरले समाचार प्रकाशन गरेको प्रति प्रतिष्ठानले आपत्ति समेत जनाएको छ । मकालु अनलाइन खबरमा प्रतिष्ठानका विषयमा छापिएको समाचारका सम्बन्धमा छानबिन गरि कडाभन्दा कडा कारबाहीका लागि नेपाल सरकार गृहमन्त्रालय तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल प्रेस काउन्सिललाई ध्यानकर्षणको लागि प्रतिष्ठानले पत्राचार समेत गरेको छ । 

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP