Listen Live

जिल्ला शिक्षा कार्यालय खारेज, अब समन्वय एकाई

जिल्लामा रहेका शिक्षा कार्यालय खारेज गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्ला सदरमुकाममा शिक्षा विकास तथा समन्वय एकाई स्थापना गर्ने निर्णय गरेको छ । संविधानअनुसार सदरमुकाममा रहेका कार्यालयका सेवा स्थानीय तहले दिने भएपछि हुने शिक्षालगायतका कार्यालय खारेज भएका हुन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले शिक्षा कार्यालय खारेज गर्दै जिल्ला समन्वय एकाई स्थापना गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए। शिक्षा मन्त्रालय, शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयको मातहतमा रहने गरी जिल्लामा शिक्षा कार्यालय सञ्चालनमा थिए । ‘शिक्षा कार्यालयको सट्टा जिल्लामा समन्वय एकाई स्थापना गर्ने निर्णय गरिएको छ’ शिक्षामन्त्री पोखरेलले भने, ‘यो एकाई जिल्ला प्रशासन कार्यालयको मातहतमा रहन्छ। जिल्लामा रहेका पशु सेवा, कृषि, घरेलु, मालपोत, नापी, महिला तथा बालबालिकालगायतका कार्यालय बुधबारदेखि खारेज भएका छन्। ‘परीक्षाका कापी व्यवस्थापन गर्ने, स्थानीय सरकारलाई शिक्षासम्बन्धी सहजीकरण गरिदिने काम अब एकाईले गर्छ,’ पोखरेलले भन्नुभयो । शिक्षा कार्यालय खारेजीसँगै यहाँ रहेका जिल्ला शिक्षा अधिकारीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने मन्त्रालयले एकिन गरिसकेको छैन । एकाईमा ठाउँ हेरेर उपसचिव वा अधिकृत रहन्छन्। ‘जिल्ला प्रशासन कार्यालयको एउटा शाखाको रूपमा समन्वय एकाई रहन्छ’ मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले भन्नुभयो, ‘उपसचिव वा अधिकृतमध्ये एक शाखा प्रमुख रहन्छन् । मन्त्रालयले पत्राचार गरेपछि जिल्ला शिक्षा कार्यालयको बोर्ड हटाइनेछ ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP