Listen Live

अन्तराष्ट्रिय विमान स्थलमा यूएस बंगलाको विमान दुर्घटना,, ४६ जनाको मृत्यु

अन्तराष्ट्रिय विमान स्थलमा यूएस बंगलाको विमान दुर्घटना,, ४६ जनाको मृत्यु
फाल्गुन २८ काठमाण्डौँ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममाविमान दुर्घटना भएको हो । विमान दुर्घटनामा ४६ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनव ेबाटबाहिर गएर दुर्घटना भएको हो ।  बिमानमा आगो लागेकाकारण कति मानविय क्षतिभयो भन्ने एकिन तथ्याङक आईसकेको छैन । बिमानमा रहेका ३१ जनाको उद्दार गरिएको थियो  । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु छ । 
ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा दुर्घटना भएको थियो । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाग्रस्त यूएस बंगलाको विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रारत थिए ।   यसैबिच,प्रधानमन्त्री केपीशर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिनुभएको छ । उहाँसँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि घटनास्थल पुग्नु भएको थियो । प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचार सरकारले गर्ने बताउनुभयो । घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने जानकारी पनिउहाँले दिनुभयो । घटनापछि आफूले बंगला देशका प्रधानमन्त्रीसँग कुरा गर्ने प्रयास गरेको तर, सम्भव नभएको उहाँले बताउनुभयो ।
यसैबिच, त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल प्रशासनले दुर्घटना ग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताएको छ । प्रारम्भीक उद्दार सकिए लगतै पत्रकार सम्मेलन गरेर विमान स्थलप्रमुख राजेन्द्र क्षेत्रीले कन्ट्रोल रुपबाट दक्षिणबाट अवतरण गर्न अनुमतिदिएको तर, पाइलटले उत्तरतिरबाट अवतरण गरेको बताउनुभयो ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP