Listen Live

जुम्लामा एसईई परिक्षाको तयारी अन्तिम चरणमा

जुम्लामा एसईई परिक्षाको तयारी अन्तिम चरणमा
फाल्गुन २८ जुम्ला । माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी जुम्लामा अन्तिम चरणमा पुगेको छ । जिल्ला शिक्षा कार्यालय जुम्लाले परिक्षा केन्द्र समेत तोकि सकेको छ । यस पटक जुम्लामा १४ वटा परिक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठले जानकारी दिनभयो । २ हजार ७ सय ८९ जना विद्यार्थी यस पटकको (एसईई) परिक्षामा सहभागि हुने उहाँको भनाइ छ ।
सरस्वति मावि तल्फी, सरस्वति रिनी, मालिका मावि लौठचौर र गंगा मावि परेका विद्यार्थीको लागि ऋणमोक्ष मावि डिल्लीचौरमा परिक्षा केन्द्र तोकिएको छ । सोहि परिक्षा केन्द्रमा १ सय ३२ जना परिक्षार्थी सहभागि हुने भएका छन् । ऋणमोक्ष मावि डिल्लीचौर, खडकदेवि मावि मणीसाँघु, सत्यवादि मावि दशैँदि र शंकर मावि गज्र्याङ्गकोटको लागि त्रिभुवन मावि झारज्वालामा परिक्षा केन्द्र तोकिएको श्रेष्ठले जानकारी दिनुभयो । उक्त परिक्षा केन्द्रमा १ सय ६८ जना परिक्षार्थी सहभागि हुने भएका छन् । चन्दननाथ नमूना मावि खलङ्गा, जनज्योवि मावि बारकोटेवाडा, कर्णाली मावि अनामनगरका विद्यार्थीको लागि रत्नचुण्डेश्वर मावि बोहोरा गाउँमा परिक्षा केन्द्र तोकिएको छ ।
सोहि केन्द्रमा १ सय ९९ जना विद्यार्थीले परिक्षा दिने भएका छन् । एक्जामटेड तर्फका विद्यार्थीका लागि चन्दननाथ नमूना मावि खलङ्गा बजारलाई केन्द्र तोकिएको र उक्त केन्द्रमा ४ सय ३२ जना विद्यार्थी सहभागि हुने भएका छन् । यसैगरि, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, कैलाश मावि खलङ्गा बजार, भैरव मावि धुपिढुस्का र मावि श्रीढुस्काका विद्यार्थीको लागि जनता प्राविधिक मावि महतगाउँलाई परिक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी श्रेष्ठले जानकारी दिनु भयो । उक्त केन्द्रमा १ सय ४५ जना विद्यार्थीले परिक्षा दिने भएका छन् । जनता प्राविधिक मावि महतगाउँ, कनिका निशा मावि बजार र चन्दननाथ नमूना माविका विद्यार्थीको लागि कर्णाली मावि अनामनगरलाई परिक्षा केन्द्र तोकिएको छ । सोहि परिक्षा केन्द्रमा २ सय ९३ जना विद्यार्थीले परिक्षा दिने भएका छन् । यसैगरि, नेत्रज्योति मावि हाँकु र हिमशिखर मावि तातोपानीका विद्यार्थीका लागि दुर्गा मावि लाम्रामा परिक्षा केन्द्र तोकिएको र १ सय ६२ जना परिक्षार्थी सोहि केन्द्रमा सहभागि हुने भएका हुन् ।
सिता मावि रारालिही, सेतिवाडा मावि नुवाकोट, दुर्गा मावि लाम्रा, कालिका मावि टोप्ला र जनजागृति मावि ताम्तीका विद्यार्थीको लागि सरस्वति मावि कुडारीमा परिक्षा केन्द्र तोकिएको छ । सोहि केन्द्रमा २ सय ५२ जनाले परिक्षा दिने छन् । यसैगरि, जनजागृति मावि घोडेपोख्री, ज्योति मावि रासामालापानी र देउराली मावि जुम्लाकोटका विद्यार्थीको लागि सिता मावि रारालिहीमा परिक्षा केन्द्र तोकिएको छ । उक्त केन्द्रमा १ सय ७० जना विद्यार्थी सहभागि हुने भएका छन् । भानुमावि पाथरखोला, अन्नपुर्ण मावि मष्ठमाडु र नेत्रज्योति मावि ओदिका विद्यार्थीका लागि कालिका मावि तलीकुडीलाई परिक्षा केन्द्र कायम गरिएको छ ।
सोहि केन्द्रमा १ सय ३१ जना विद्यार्थी सहभागि हुने भएका छन् । कालीका मावि तलीकुडी, भैरव मावि नराकोट, कैलाश मावि फुग्रं र कालिका मावि बड्कीका लागि राहदेव मावि मोफ्लाई परिक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ । सोहि केन्द्रमा २ सय २० जना परिक्षार्थी सहभागि हुने भएका छन् । कालिका मावि धाँपा, महादेव मावि गुठिपींगी, मावि जोडु र राहदेव मावि मोफ्लाका विद्यार्थीका् लागि भैरव मावि नराकोटलाई परिक्षा केन्द्र कायम गरिएको छ । सोहि केन्द्रमा १ सय ६८ जना विद्यार्थीले परिक्षा दिने भएका छन् । कनका सुन्दरी मावि लुडकु, मावि खिचनी र पाण्डगुफा मावि कोटघरका विद्यार्थीको लागि मालिका मावि धाँपालाई परिक्षा केन्द्र कायम गरिएको छ ।
उक्त केन्द्रमा १ सय ७४ जना विद्यार्थी सहभागि हुने छन् । यसैगरि, मावि लुडकु, कोईलीचरि मावि लुम, महादेव मावि बुम्रमाडिचौर, नेपाल राष्ट्रिय बोतामालिका र मावि बुढुका विद्यार्थीको लागि कनका सुन्दरी मावि लुडकीलाई केन्द्र तोकिएको हो । यस केन्द्रबाट १ सय ५२ जना विद्यार्थीले परिक्षा दिने भएका छन् । (एसईई) परिक्षाको लागि जुम्लामा प्रश्न र उत्तर पुस्तीका आई पुगेको जिल्ला शिक्षा अधिकारी श्रेष्ठले जानकारी गराउनु भयो । यस वर्षको परिक्षा शान्त र मर्यादित रुपमा सम्पन्न गराउनको लागि सबै निकायबाट सहयोग हुनु पर्ने उहाँले बताउनु भएको छ । साथै यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न लागिएको जनाएको छ । गत वर्ष कक्षा १० का सबै विषयको पाठ्यक्रम परिवर्तन भएकाले नयाँ विद्यार्थीलाई सोही पाठ्क्रम अनुसार प्रश्न सोधिने छ । गत वर्ष नै एसईईमा सहभागी भए पनि थप अध्ययनका लागि आवश्यक प्राप्तांक नपुगेका पुराना विद्यार्थी (एक्जाम्टेड) लाई पुरानै पाठ्क्रम अनुसार नै प्रश्न सोध्न लागिएको परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले बताउनु भयो । रेग्मीका अनुसार गत वर्षको परीक्षामा जीपीएमा १ दशमलव ६ भन्दा थोरै स्कोर आएका अधिकांश विद्यार्थी एक्जाम्टेड समूहमा सहभागी हुँदैछन् ।
त्यसबाहेक कुनै विषयमा उच्च ग्रेड ल्याए पनि कुनै विषयमा न्यूनतम प्राप्तांक पनि ल्याउन नसकेका विद्यार्थी समेत यो समूहबाट परीक्षामा सहभागी हुँदैछन् । परीक्षा चैत ८ देखि २० गतेसम्म सञ्चालन हुँदैछ । गत वर्ष एसईई चैत ३ देखि १४ गतेसम्म भएको थियो । 

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP