Listen Live

पुरुष स्थायी बन्ध्याकरण घुम्ती शिविरबाट ४९ जनाले सेवा लिए

पुरुष स्थायी बन्ध्याकरण घुम्ती शिविरबाट ४९ जनाले सेवा लिए
फाल्गुन २८ जुम्ला । जुम्लामा पुरुष स्थायी बन्ध्याकरण घुम्ती शिविर संचालन भइरहेको छ । जुम्लाका दुई स्थानमा सम्पन्न भएका शिविरमा ४९ जना पुरुषले सेवा लिएका छन् । सानो परिवार र खुसि परिवार निर्माणमा सहयोग गर्ने उद्देश्लयले घुम्ती शिविर अभियान संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका परिवार नियोजन सुपर भाईजर रविन्द्र भण्डारीले बताउनु भयो । जुम्लाको पातारासि गाउँपालिकाको खाल्लाढिक र डिल्लीचौर स्वास्थ्य चौकिमा सम्पन्न भएको शिविरमा ४९ जनाले सेवा लिएको उहाँको भनाइ छ । खाल्लााढिकमा भएको शिविरमा ३१ र डिल्लीचौर स्वास्थ्य चौकिमा सम्पन्न शिविरबाट १८ जना पुरुषले स्थायी बन्ध्याकरण गराएका छन् ।
सन्तानका रहर पुगेका पुरुषहरुले स्थायी बन्ध्याकरण गराएको भण्डारीको भनाइ छ । दुई सन्तान ईश्वरका बरदान भन्ने सन्देशलाई शिरोधारे गर्दे हरेक वर्ष पुरुष बन्ध्याकरण शिविर संचालन हुने गरिएको सुपरभाईजर भण्डारीले जानकारी गराउनु भयो । दाम्पत्य जीवन खुसि र सुखि बनाउनको लागि स्थायी बन्ध्याकरण गर्नु पर्ने उहाँले बताउनु भयो । सन्तानको रहर पुगेका पुरुषले पहिले बन्ध्याकरण गर्न सदरमुकाम आउनु पथ्र्याे, अहिले गाउँमै गएर शिविर मार्फत सेवा दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लाका अझै चारवटा स्थानमा शिविर संचालन हुन बाँकि रहेको छ । कनकासुन्दरी गाउँपालिकाको हाटसिंजा स्वास्थ्य चौकिमा यहि २९ र ३० गते शिविर संचालन हुने भएको छ । चैत २ र ३ गतेका दिन सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकि, ५ र ६ गतेका दिन तिला गाउँपालिकाको कुडारी स्वास्थ्य चौकिमा शिविर संचालन हुने परिवार नियोजन सुपर भाईजर भण्डारीले बताउनु भयो । यसैगरि, चैत १२ गतेका दिन जुम्ला सदरमुकाममा पुरुष स्थायी बन्ध्याकरण शिविर संचालन गरिने उहाँको भनाइ छ । शिविर संचालन हुने दिन आफ्नो पायक पर्ने स्थानमा आई सेवा लिन जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले सन्तानका रहर पुगेका पुरुषहरुलाई आग्रह गरेको छ । 

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP